स्वास्थ्य

यस्ता छन सखरखण्ड खानुका फाइदा, जानिराखौं

यस्ता छन सखरखण्ड खानुका फाइदा, जानिराखौं

सखरखण्ड नाम नसुनेका सायदै होलान। यो स्वाद र सन्तुष्टिका साथै स्वास्थ्यका लागि पनि अति नै फाइदाजनक छ। यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

आलु जस्तो लामो लामो हुने सखरखण्डमा भिटामिन ए ,सि , क्यालोरी , प्रोटिन ,फाइबर ,मिनिरल्स र एन्टीअक्सिडेट प्रशस्त मात्रामा पाइन्छ ।

जाडो मौसममा पाइने सखरखण्ड खानाले हाम्रो शरिर न्यानो हुन्छ । सखरखण्डले मधुमेह र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

यसमा भिटामिन ए पनि पाइने हुनाले यसको सेबनले आँखा तेजिलो बनाउछ । सखरखण्डको सेबनले मिर्गौंलालाई स्वस्थ राख्न सहयोग गर्छ ।

यसमा एन्टीअक्साइडेट तत्व पाइने हुनाले क्यान्सरको खतरा कम गर्छ । यसले शरिरमा कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ ।

सखरखण्डमा भिटामिन डी पाइने हुनाले यसको सेबनले हाड, दाँत, नशा, छालालाई स्वस्थ राख्न सहयोग गर्छ । यसले छालामा चाउरीपन आउन नदिई छालामा चमक पनि ल्याउछ । 

सखरखण्ड

विशेष