मनोरञ्जन

बिल गेट्सकी छोरीले गरिन प्रेमीसँग इन्गेजमेन्ट

बिल गेट्सकी छोरीले गरिन प्रेमीसँग इन्गेजमेन्ट

एजेन्सी। विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहेका बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इंगेजमेन्ट गरेका छिन् ।

जेनिफरले यस कुराको जानकारी आफ्नो इन्स्टाग्राममार्फत तस्बिर शेयर गरेर दिएकी हुन् । २३ वर्षीय जेनिफरलाई नायेलले एक सुन्दर स्थानमा लगेर प्रपोज गरेका थिए । नायेलले जेनिफरलाई हीराको औँठी दिएर पूरै जीवन उनीसँग बिताउने अनुमति मागे । जेनिफरले तत्काल उक्त प्रस्ताव स्वीकार गरिन् ।

जेनिफर र नायेल एकअर्कालाई चार वर्षदेखि चिन्छन् । जेनिफर बिल गेट्सकी जेठी छोरी हुन् । नायेल मिस्र पनि सबैभन्दा धेरै धनी युवाका रुपमा चिनिन्छन् । जेनिफरले आफ्नो इंस्टाग्राम प्रोफाइलमा आफ्नो इंगेजमेन्टको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नायेल नसार, तिमी संसारमा आफ्नो ढंगको एक मात्र मानिस हौ । म अब सारा जीवन तिम्रो साथमा बिताउन चाहन्छु ।’

यस्तै नायेल नसारले पनि इंस्टाग्राममा लेखेका छन्, ‘उनले प्रस्ताव स्वीकार गरिन् । म संसारको सबैभन्दा धेरै भाग्यमानी महसुस गरिरहेको छु ।’

 

इन्गेजमेन्ट बिल गेट्स छोरी जेनिफर

विशेष