मनोरञ्जन

प्रियंकाको बिवाह फागुनमा

प्रियंकाको बिवाह फागुनमा

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीको बिवाह फागुनमा हुने पक्का भएको छ। एक वर्षअघि नै अभिनेता तथा प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी  प्रियंकाले फागुनमा बिवाह हुन सक्ने बताएकी हुन्। 

'फागुनमै बिहे हुने पक्का भएको छ। हामी तयारीमा पनि जुटिसकेका छौ । तर, मिति फाइनल भईसकेको छैन। फागुण १७ गते राम्रो दिन छ, सायद यही दिनमा नै हुन सक्छ’उनले भनिन । 

केहि समय अघि यो वर्ष बिवाह नहुने भनेकी कार्कीले भनिन कामको व्यस्तताले समय सार्दा सार्दै बिहे नै नहुने भईसक्यो, काम त कहिले नसकिने रहेछ त्यसैले हामीले फागुनमै बिवाह गर्ने योजना बनाएका हौं। 

भाइको नेपाल आउने टिकट पक्का भएसँगै बिहेको दिन फाइनल गर्ने उनले बताईन। प्रियंका ब्याचलोरेट पार्टी मनाउन केहि दिन अघि थाईल्याण्ड पुगेकी थिइन्।  

 

प्रियंका कार्की बिवाह

विशेष