मनोरञ्जन

सलमानलाई भगवान झैँ मान्छन बलिउडका यी ४ स्टारकिड

सलमानलाई भगवान झैँ मान्छन बलिउडका यी ४ स्टारकिड

दबंग स्टार सलमान खानलाई नचिन्ने सायदै होलान। उनले फिल्मी क्षेत्रमा खास पहिचान स्थापित गर्न सफल भएका छन। सलमानलाई बलिउडका पिता पनि भन्ने गरिन्छ यसो किनकि उनले गर्दा यस क्षेत्रमा केहि कलाकारहरुले आफ्नो करियर बनाउन सफल भएका छन।  

आज हामी यिनै स्टारकिडका बारेमा कुरा गर्न जाँदैछौं, जसले सलमान खानलाई भगवानको रुपमा पुज्ने गर्छन। 

सोनाक्षी सिन्हा 

दबंग स्टार सोनाक्षी सिन्हा पछिल्लो समय बलिउडकी चर्चित अभिनेत्री बनिसकेकी छिन। आज उनि जुन स्थानमा छिन त्यसको सम्पूर्ण श्रेय सलमानलाई जान्छ किनकी सलमानले नै सोनाक्षीलाई आफ्नो चलचित्रमा काम गर्ने अवसर दिएका हुन्। 

अथिया शेत्टी 

अथिया शेट्टी बलिउड अभिनेता सुनिल शेत्टीकी छोरी हुन्। उन्लाकी पनि सलमानले नै चलचित्रमा डेब्यु गराएका हुन्। 

अरहान खान 

मलाईका अरोरा र अरबाज खानका छोरा हुन् अरहान खान। नाताले अरहान सलमानका भतिज पर्छन। सलमानले उनलाई आफ्नै होम प्रोडक्सनको फिल्ममा डेब्यु गराउने तयारीमा रहेका छन। 

साई मांजरेकर

साई मांजरेकरले हालै मात्र प्रदर्शनमा आएको सलमान खानको चलचित्र दबंग ३ बाट बलिउडमा डेब्यु गरेकी हुन्। सई बलिउड अभिनेता तथा निर्देशक महेश मांजरेकरकी छोरी हुन्।  उनले सलामनका साथमा केहि चलचित्रमा काम समेत गरिसकेका छन। उनि सलमानका निकै मिल्ने साथी पनि हुन्। 

 

 

सलमान खान भगवान स्टारकिड

विशेष