खेल

बिग बास लिगः छैठौं म्याच खेल्न टिममा अटाए सन्दीप

बिग बास लिगः छैठौं म्याच खेल्न टिममा अटाए सन्दीप

काठमाडौंः  अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो छैठौं खेलका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । शनिबार मेलबर्न रेनेगेड्सविरुद्ध हुने खेलका लागि स्टार्सले आज १३ सदस्यीय टोली घोषणा गरेको हो ।

पाँचौ म्याचमा चोटका कारण विश्राम पाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने टिममा फर्किएका छन् । बिहीबार सिड्नी थन्डर विरुद्धको खेलमा उनको स्थानमा पाकिस्तानी फास्ट बलर हरिस रौफलाई मौका दिइएको थियो । जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्नले शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ५ खेलमा ४ मा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । मेलबर्न ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

यता आरोन फिन्च नेतृत्वको रेनेगेड्सले भने पाँच म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन । रेनेगेड्स गत संस्करणको विजेता टिम हो । मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्सबीचको खेल शनिबार दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । 

मेलबर्न रेनेगेड्सविरुद्ध घोषणा गरेको मेलबर्न स्टार्सको टिमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, पीट ह्यान्कसम्ब, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, डेल स्टेन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

बिग बास लिग सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध मेलबर्न रेनेगेड्स

विशेष