युट्युब ट्रेन्डिङको पहिलो स्थानमा अल्मोडाको 'कहिले भेट्ने खै २'
काठमाडौँ । गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वरको गीत ‘कैले भेट्ने खै २’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा परेको छ । 'न्यास्रो' शीर्षकको गीतको भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकास लामिछानेको अभिनय छ।
यो गीत यसअघि अल्मोडाले नै गाएको चर्चित गीत ‘कैले भेट्ने खै' को सिक्वल हो। ‘कैले भेट्ने खै' का थुप्रै कभर भिडियोहरु बनेका थिए। अघिल्लो गीतजस्तै सिक्वललाई पनि दर्शक स्रोताले छोटो समयमै अत्याधिक मन पराएका छन् ।
गीतलाई राम कुमार केसीले खिचेका छन् भने मनोज बस्नेतले निर्देशन गरेका हुन्। युवा पुस्ताले मन पर्ने शैलीको एरेन्जमेन्ट गर्दै आएका अल्मोडाले गितार र सारंगीको संयोजन गरेर संगीतमा मिठास थपेका छन्।