मनोरञ्जन

करोड क्लबमा अक्षयको 'गुड न्यूज'

करोड क्लबमा अक्षयको 'गुड न्यूज'

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपूर खान यतिखेर चलचित्र 'गुड न्यूज' लाई लिएर चर्चामा रहेका छन ।  चलचित्रले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ ।  यसले सलमान खानको दबंग ३ लाई पछाडी छोड्दै पहिलो हप्तामा रेकर्ड बनाउन सफल भएको छ।  

चलचित्रले हालसम्ममा १ सय ३२ करोड भन्दा माथिको व्यापार गरिसकेको जनाईएको छ ।  चलचित्र गत डिसेम्बर २७ देखि प्रदर्शनमा आएको थियो ।  

धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अक्षय र करीनाका अलावा कियारा आडवाणी र दिलजीत दोसांझ लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । 

'गुड न्यूज' मंगलबार बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्रको १६ औं स्थानमा परेको छ ।  यो संगै 'गुड न्यूज' अक्षय कुमारको २०१९ मा प्रदर्शनमा आएको चौंथो हित चलचित्र बन्न सफल भएको छ।  

दर्शकहरुले कियारा,दिलजीत,अक्षय र करीनाको अभिनयको खुबै चर्चा  गरेका छन । अब हेरौं आगामी दिनमा गुड न्यूजले गुड न्यूज दिन्छ कि दिदैंन।  

 

गुड न्यूज

विशेष