मुख्य समाचार

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज विहान साढे ८ बजेदेखि बसेको बैठकले राष्ट्रिय सभाका उम्मेदवारबारे निर्णय लिने सम्भावना छ । बिहीबार राति अबेरसम्म भएको बैठक निर्णयहीन भएपछि आज पुनः बैठक बसेको हो ।

९ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ । आजको बैठकले उम्मेदवार टुंगो लगाउने बताइएको छ । २० पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

१८ जना सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा सत्तारूढ नेकपाका ८, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा सकिँदै छ ।

यसअघि नेकपाले उम्मेदवारको टुंगो लगाउँदा तल्लो कमिटीबाट उम्मेदवारको सिफारिस मागेर टुंगो लगाउने गरेको थियो । तर, यसपटक त्यसो नगरी सचिवालयले नै निर्णय गर्न थालेपछि पार्टी्भित्रै प्रक्रिया नमिलेको भन्दै विरोध समेत सुरु भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक

विशेष