मुख्य समाचार

नारायणकाजी पनि राष्ट्रियसभा उम्मेदवार

नारायणकाजी पनि राष्ट्रियसभा उम्मेदवार

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवार टुंगो लगाएको छ । पार्टीको शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । 

राष्ट्रिय सभामा नेकपाका उम्मेदवारहरु

प्रदेश १

इन्दु गौतम (महिला)

गोपी अछाम (दलित)

देवेन्द्र दाहाल (अन्य)

प्रदेश–२

तुलसा दाहाल (महिला)

राधेश्याम पासवान (दलित)

प्रदेश–३  

गंगा वेल्वासे (महिला)

वेदुराम भुषाल (अन्य)

गण्डकी नारायणकाजी श्रेष्ठ (अन्य)

भगवती न्यौपाने (महिला)

प्रदेश ५

विमला घिमिरे (महिला)

जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)

गोपाल भटटराई (अन्य)

कर्णाली

मायाप्रसाद शर्मा (अन्य)

सुमित्रा विसि (महिला)

सुदूरपश्चिम तारामान स्वार (अन्य)

शारदा भट्ट (महिला)

नेपाल कम्युनिष्ट पार्टी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

विशेष