स्वास्थ्य

टाउको दुखाईमा 'पेनकिलर' भन्दा राम्रो बियर

टाउको दुखाईमा 'पेनकिलर' भन्दा राम्रो बियर

भनिन्छ, मध्यपान स्वास्थ्यका लागि हानिकारक छ । यसको सेवन सकेसम्म गर्नु हुदैन । तर एक अध्ययनले बियरको सेवन टाउको दुखाईमा पारासिटामोल भन्दा पनि बढी प्रभावकारी हुने देखाएको छ ।  बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बताइन्छ ।

टाउको दुख्ने बित्तिकै सिटामोलको साटो २ गिलास बियर पिउदा आराम पुग्ने अध्ययनले देखाएको छ।  ग्रीनविच यूनिवर्सिटीका अध्ययनकर्ताले ४ सय जनामा गरेको अध्ययनमा बियर पिउनेहरुमा औषधि सेवन गर्नेको तुलनामा २५ प्रतिशत आराम मिल्ने गरेको देखिएको छ । योसंगै बियरले तनावमुक्त रहन मदत गर्छ साथै उचित मात्रामा यसको सेवन गर्नाले ब्लड अल्कोहल लेवल पनि ०.०८ प्रतिशतले वृद्धि हुन्छ।   

अर्कोतर्फ बियरको सेवनले पिडा सहने क्षमता पनि प्रदान गर्दछ। अल्कोहल पारासिटामोलको तुलनामा बढी प्रभावकारी हुने अध्ययनले देखाएको छ।  तर यसो हो भन्दैमा अनावश्यक रुपमा अत्याधिक मदिराको सेवन गर्नु भने स्वास्थ्यका लागि अति नै हानिकारक छ ।  

एजेन्सी 

बियर

विशेष