फोटो मनोरञ्जन

पोशाककै कारण ट्रोलको भईन दीपिका, मानिसले भने सोफा कभर (फोटोफिचर)

पोशाककै कारण ट्रोलको भईन दीपिका, मानिसले भने सोफा कभर (फोटोफिचर)

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र 'छपाक' आगामी हप्ता देखि प्रदर्शन हुने तयारीमा रहेको छ । जसको प्रमोशनमा दीपिका यतिबेला जोडतोडले लागि परेकी छिन ।   

यसै अवसरमा उनले ब्ल्याक लेदर ड्रेस चयन गरेकी छिन । जुन ड्रेसको यतिबेला चर्चा भैरहेको छ र उनि ट्रोलर्सको निसानामा परेकी छिन।  

यतिखेर दीपिका अभिनेता विक्रान्त मेसिका साथमा चलचित्रको प्रमोसनमा हिडेकी छिन। 

 

उनको कपडालाई लिएर मानिसहरुले अनेक प्रकारक कमेन्ट गरिरहेका छन, कहिले उनलाई कपडा लगाउने सेन्स नभएको त कहिले मुम्बईको गर्मीमा लेदरको कपडा भन्दै मजाक उडाएका छन।  

साथै केहिले सोफाको कभर  लगाएको समेत भनेका छन।  ब्ल्याक लेदर ड्रेससंगै दीपिकाले यलो कलरको ईयरिङ्ग लगाएकी छिन।  

दीपिका अभिनित 'छपाक' एसिड अट्याक सर्वाइवर लक्ष्मी अग्रवालको बायोपिक हो।  यो चलचित्र आगामी जनवरी १० मा प्रदर्शन हुने तयारीमा रहेको छ ।   

दीपिका पादुकोण

विशेष