मुख्य समाचार

वर्षाले हवाइ सेवा अबरुद्ध, यतिका २ विमान जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण

वर्षाले हवाइ सेवा अबरुद्ध, यतिका २ विमान जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण

काठमाडौंः नेपालगञ्ज र तुम्लिङटारबाट काठमाडौंको लागि उडेको यती इयरलाइन्सको दुई वटा बिमान जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंको आकाशको मौसम खराब भएपछि त्रिभुवन विमानस्थल आधा घन्टाको लागि क्लोज गरिएपछि यती एयरलाइन्सका दुई वटा जहाज जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण भएको यती एयसलाईन्सका जनकपुर विमानस्थलका स्टेशन म्यानेजर युवराज घिमिरेले जानकारी दिए ।

नेपालगंञ्ज र तुम्लिङटारबाट उडेका बिमान मौसम खराबीको कारण जनकपुर बिमानस्थलमा आकस्मिक अवतरण गरिएको जनकपु्र बिमानस्थलले जानकारी दिएको छ । काठमाडौंको आकाश खुल्ला नभएको कारणले विमानलाइ ड्राईभर्ट गरि जनकपुर विमानस्थल लगिएको थियो । त्रिभुवन विमानस्थल सूचारु भएसँगै जनकपुर विमानस्थलवाट विमान काठमाडौंका लागि उडिसकेको स्टेशन म्यानेजर घिमिरेले जानकारी दिए । 

यसैबिच राससका अनुसार,सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र (भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा केहि समस्या भएको छ ।

यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रविधिको सहायताले आन्तरिक र अन्तरराष्ट्रिय उडान भइरहेको छ । आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको उनले बताए ।

विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ । वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

आकस्मिक अवतरण जनकपुर बिमानस्थल यती इयरलाइन्स

विशेष