छोकडा खानुका ८ फाइदा
१. छोकडामा प्रशस्त मात्रामा बिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेशियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।
२. छोकडालाई दूधमा उमालेर चपाएर लगातार खाएमा यौन दुर्बलता कम हुन्छ र शरीरलाई मजबुत पनि बनाउने काम गर्छ ।
३. बिहान–साँझ छोकडा चपाएर खाने र मनतातो पनि खाएमा कब्जियत हुने समस्या हटाउन सकिन्छ ।
४. बिहान–साँझ छोकडा खाँदा दमका रोगीलाई फाइदा मिल्छ ।
५. . शरीरमा घाउ–खटिरा आएमा छोकडाको दानालाई घोटेर लगाउनाले घाउ निको पार्न मद्दत गर्छ ।
६. दैनिक छोकडा खाँदा शरीरमा रगतको मात्रा पनि बढ्छ । जसले रगत कमी हुनबाट बचाउँछ ।
७. छोकडामा क्याल्सियम पर्याप्त मात्रामा हुन्छ जसले हड्डीहरुलाई बलियो बनाउने मद्दत गर्छ ।
८. छोकडाको सेवनले मधुमेहका रोगीहरुका लागि फाइदाजन हुन्छ ।