खेल

बिग बास लिगः छैठौं म्याच खेल्दै सन्दीपआवद्ध मेलबर्न स्टार्स

बिग बास लिगः छैठौं म्याच खेल्दै सन्दीपआवद्ध मेलबर्न स्टार्स

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा आज नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सविरुद्ध खेल्दै छ । स्टार्स र रेनेगेड्सबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । 

पाँचौ म्याचमा चोटका कारण विश्राम पाएका सन्दीप छैठौं खेलका लागि भने टिममा फर्किएका छन् । आजको खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ । बिहीबार सिड्नी थन्डर विरुद्धको खेलमा सन्दीपको स्थानमा पाकिस्तानी फास्ट बलर हरिस रौफलाई मौका दिइएको थियो । जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्नले शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ५ खेलमा ४ मा जित र एक खेलमा मात्र हारको सामना गरेको छ । मेलबर्न ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यता आरोन फिन्च नेतृत्वको रेनेगेड्सले भने पाँच म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन । रेनेगेड्स गत संस्करणको विजेता टिम हो ।  

मेलबर्न रेनेगेड्सविरुद्ध घोषणा गरेको मेलबर्न स्टार्सको टिमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, पीट ह्यान्कसम्ब, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, डेल स्टेन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्स

विशेष