खेल

टेष्ट क्रिकेटमा लाबुसेनको पहिलो दोहोरो शतक

टेष्ट क्रिकेटमा लाबुसेनको पहिलो दोहोरो शतक

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेनले दोहोरो शतक पूरा गरेका छन् । उनले ३४६ बलमा १ छक्का र २९ चौकाको मद्दतका दोहोरो शतक बनाएका हुन् ।

टेष्ट क्रिकेटमा मार्नुसको यो पहिलो दोहोरो शतक हो । यसअघि टेष्टमा उनको उच्च स्कोर १ सय ८५ रन थियो । लाबुसेनले अविजित दोहोरो शतकमा सिरिजको तेस्रो टेष्टको पहिलो इनिङ्समा पनि अष्ट्रेलियाले बलियो अवस्थामा छ ।

अष्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ९० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८३ रन बनाएको थियो । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले १३५ ओभरमा ५ विकेट गुमाएर ४०३ रन बनाएको छ ।

उसका लागि डेविड वार्नरले ४५, स्टिभ स्मिथले ६३, म्याथ्यू वेडले २२, ट्रभिस हेडले १० रन बनाए । कप्तान टिम पेन २०५ र मार्नस लाबुसेन ३४ रनमा अविजित छन् । बलिङमा न्यूजिल्याण्डका कोलिन डी ग्रान्डहोमले २, विलियम सोमरविले, निल वाग्रर र म्याट हेन्रीले एक–एक लिएका छन् ।

पहिलो टेष्टमा अष्ट्रेलिया २ सय ९६ रनले विजयी भएको थियो । दोस्रो टेष्ट अष्ट्रेलियाले २ सय ४७ रनले जित्दै तीन टेष्ट सिरिज २–० ले जिति सकेको छ । अष्टेलिया सिरिज क्विनस्वीप गर्ने सोचमा छ ।

टेष्ट क्रिकेट सिरिज दोहोरो शतक न्यूजिल्याण्डविरुद्ध अष्ट्रेलिया मार्नस लाबुसेन

विशेष