स्वास्थ्य

भात धेरै खाँदा मोटोपन घट्छ: अध्ययन

भात धेरै खाँदा मोटोपन घट्छ: अध्ययन

एजेन्सीः मोटोपनबाट ग्रसित भएका मानिसहरु भात खाँदा झनै मोटोपन बढ्ने डरले खाना खान सकेसम्म कम गर्ने मानसिकता राख्छन । धेरैले सोच्छन्, 'भात खाए भुँडी लाग्छ । सकेसम्म बेलुकी भात नखाऔं।'

एउटा अध्ययनले भात खाएर मोटोपना बढ्ने नभई रोक्न मद्दत गर्ने देखाएको छ।जापानका अनुसन्धानकर्ताहरुले औसत रूपमा भात खाने मानिसलाई मोटोपना घटाउन सजिलो हुने बताएका छन् । उनीहरुका अनुसार एउटा कपको लगभग एक चौथाई भात खाने मानिसलाई मोटोपना घटाउन सजिलो हुनसक्छ ।

‘तौल बढ्नबाट रोक्नका लागि भात खानु लाभदायक देखिएको छ,’ अनुसन्धानको नेतृत्व गरेका तोमोको इमाईले बताएका छन् । ‘चामलका दानादानाबाट प्राप्त हुने फाइबर, पौष्टिक तत्व र विरुवाजन्य पदार्थले पेट भरिएको अनुभूति गराउने र थप खान मन लाग्नबाट रोक्ने देखिएको छ,’ उनले बताए ।

अनुसन्धानकर्ताहरुले चामलबाट बनेका सबै उत्पादनलाई अनुसन्धानको नजरबाट हेरेको बताइएको छ । उनीहरुले सेतो र खैरो चामल, चामलको पिठो र ती चामलजन्य सबै चिजको उपभोग गरेर अनुसन्धान गरेको बताइएको छ । अनुसन्धानकर्ताहरुले ती चामलको उपभोग र सोबाट उत्पन्न हुने ऊर्जाबारे एक सय ३६ राष्ट्रका १० लाखभन्दा बढी मानिसमा अनुसन्धान गरेका थिए ।

अनुसन्धानपछि भातको बढी उपभोग गर्ने राष्ट्रहरु जस्तैः बंगलादेश, लाओस् र कम्बोडियामा मोटोपनाको तह तुलनात्मक रूपमा कम रहेको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए । अनुसन्धानकर्ताहरुले भातको कम उपभोग गर्ने फ्रान्स, बेलायत र अमेरिकामा मोटोपनाको बढी समस्या देखिएको बताएका छन् ।

‘दैनिक खानाका रूपमा भात खाने राष्ट्रमा मोटोपनाको दर कम रहेको अनुसन्धानबाट देखिएको छ,’ अनुसन्धानको नेतृत्व गरेका इमामीले बताए । त्यसैकारणले पनि चामलबाट बनेका जापानी वा एसियाली प्रकारका खानाले मोटोपना रोक्न सक्छ,’ उनको भनाइ छ ।

 

मोटोपन भात

विशेष