ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु भेटियो

ललितपुरः ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु भेटिएको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
‘बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पूर्णिमा चन्दले बताइन् ।
ललितपुर शंकास्पद वस्तु पुल्चोक