मुख्य समाचार

हिमपातपछिको सुन्दरता (फोटोफिचर)

हिमपातपछिको सुन्दरता (फोटोफिचर)

काठमाडौंः पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसमको बदलीसँगै उच्च पहाडी जिल्ला र हिमाली जिल्लामा हिमपात भएको छ । हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्न लायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् ।

हिउँ खेल्न हिउँ परेका स्थानमा जाने पर्यटकको संख्या बढेको छ । बैतडीमा हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्लामा यस बर्ष दोस्रो पटक हिमपातभएको छ । शुक्रवार जुम्लामा बिहानैदेखि हिमपात भएको हो । हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले यहाँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् ।

तीन दिनदेखि बादल लागेको जुम्लामा हिमपात भएपछि यातायात, शैक्षिक संस्थाहरु, प्रभावितभएका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । जुम्लाको तापक्रम माइनस डिग्रीमा सेल्सियस भन्दा तल भइरहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । दैलेखमा बिहीवार साँझदेखि परेको अविरल बर्षा संगै हिमपातका कारण सुर्खेत दैलेख सडक खण्डको गुराँसेमा सडक अबरुद्ध भएको छ ।

दोलखाको कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । यो बर्ष पहिलो पटक मंसिर २७ गते हिमपात भएको कालिञ्चोकमा शुक्रवार दिउँसोबाट फेरि हिमपात भएको हो। हिमपातसंगै चरिकोट र आसपासका क्षेत्रबाट हिउँ खेल्न आउनेहरूको संख्या बढेको छ । रासस

हिमपात सुन्दरता

विशेष