मनोरञ्जन

ट्रेलरमा यस्तो देखियो विराजको 'साङ्लो’ (ट्रेलरसहित)

ट्रेलरमा यस्तो देखियो विराजको 'साङ्लो’ (ट्रेलरसहित)

काठमाडौँ। एक्सन स्टार विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’ को अफिसियल ट्रेलर रिलिज भएको छ । कमेडी, रोमान्स, प्रेम र एक्सनले भरपुर ट्रेलर हेर्दा चलचित्रले पूर्ण रुपमा मनोरंजन दिने बिश्वास गरिएको छ। 

 ट्रेलर हेर्दा चेलीबेटी अपहरणको कथा अनुमान गर्न सकिन्छ । तर, मूल कथा सस्पेन्स राखिएको छ । विराज पूर्णत आफु लोकप्रिय एक्सन अवतार मै प्रस्तुत भएका छन् ।

बिराज भट्टकै डेब्यु निर्देशन रहेको चलचित्रमा २०१७ 'मिस नेपाल' निकिता चंडकले पनि यसै चलचित्र मार्फत नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी छिन। चलचित्रमा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत तथा कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

माघ २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'साङ्लो’ लाई बिराज स्वयंले निर्माण गरेका हुन्।  

 

 

साङ्लो ट्रेलर

विशेष