मुख्य समाचार

अनेरास्ववियूको टुंगियो एकता, को–को बने केन्द्रीय सदस्य? (सूचीसहित)

अनेरास्ववियूको टुंगियो एकता, को–को बने केन्द्रीय सदस्य? (सूचीसहित)

काठमाडौंः सत्तारुढ दल नेकपा निकट विद्यार्थी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ । शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी टुंग्याएको हो । जसमा साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ सदस्य रहने गरी केन्द्रीय कमिटी टुंग्याएको हो ।

त्यस्तै केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

अनेरास्ववियू

विशेष