मुख्य समाचार

राजा महाराजाले नगरेको काम गणतन्त्र आएपछि नेकपा सरकारले खोजी गर्दैछः अध्यक्ष प्रचण्ड

राजा महाराजाले नगरेको काम गणतन्त्र आएपछि नेकपा सरकारले खोजी गर्दैछः अध्यक्ष प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाएका छन् । काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन्।

‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके’ उनले भने, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन्।’ ‘अग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०–६० जनाले घुँडा टेकाएका थिए। तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे’ उनले भने ।

अध्यक्ष प्रचण्डले नेपाली वीर गोर्खालीको सन्तानले देशको लागि गरेको वीरता चानुचुने नभएको इतिहास सम्झिए । ‘देशको वीरताको रूपमा परिचित स्थानहरुको उनीहरूले बेवास्ता गरेका थिए । त्यसलाई अहिले हामीले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर विकासको काम थालेका छौँ’ उनले भने । उनले विदेशी शक्तिसँग पछि हटेका राजा महाराजाले नगरेको काम गणतन्त्र आएपछि नेकपा सरकारले खोजी गरेकोसमेत जिकिर गरे । राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाए।

देशमा अहिले विल्कुलै फरक परिस्थिती सिर्जना भएको प्रष्टाए । ‘हामीहरुसँग परम्परागत संरचनामा बानी परेको छ । त्यसबाट पछि हट्न समय लागेको देखिन्छ’ उनले भने । देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाए । त्यसबाट आफूहरू जोगिनुपर्ने भनाइ व्यक्त गरे। त्यसका लागि जनताले आफैँ बुझ्नपर्ने उनको धारणा छ । आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको प्रष्टाए ।’

पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र राजा महाराजा नेकपा सरकार

विशेष