के हो अटिजम ? कसरी पत्ता लगाउने
अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन।
छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गर्छ।
बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइहसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने मिलेर खेल्ने ईर्ष्या गर्ने गर्छन्। तर यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ।
अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरुसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरु बहुमतमा छन्। यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो।
साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रभाव कम गर्ने उत्तम उपाय हुन्। विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ:
– १८ महिना भएपछी पनि नहिडे
– दैनिक प्रयोग गर्ने सामान नचलाए
– १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग नसक्नु
– राम्रोसंग शब्द जोडेर हरफ बनाउन नसक्ने
– बोली वा ठूलोले गर्ने कार्य नक्कल नगरे
– सरल कुरा गर भन्दा पनि बुझ्दैन/गर्दैन
– पहिला सिकेको कुरा बिर्सिंदै जान्छ आदि
यदि तपाईको बच्चामा पनि यस्ता समस्या देखिएका छन भने तुरुन्तै डाक्टरको उचित परामर्श लिनु आवश्यक छ।
अटिजम