मुख्य समाचार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कार्यकक्षमा ताला

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको कार्यकक्षमा ताला

काठमाडौंः नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को कार्यकक्ष छ । अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाँही पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गए पनि दोहोर्याएर पुगेका छैनन् ।

अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याइएको हुन्छ । पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन् ।

तत्कालिन एमाले र माओवादबीच ३ जेठ ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रुपमा अवलोकन गरेका थिए । त्यसबेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो । ओलीको कोठामात्रै थियो ।

ओलीका लागि तत्कालिन माओवादी नेता बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो । तर, कुर्सी, टेबुल बनेका थिएनन् । त्यस दिन ओली र प्रचण्ड दुबैले कार्यकक्ष हेरे । तर, दुबै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसेर फर्किएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ ताला कार्यकक्ष

विशेष