खेल

नेकपा सचिवालय बैठक बस्दै, सभामुखको टुंगो लाग्ने सम्भावना

नेकपा सचिवालय बैठक बस्दै, सभामुखको टुंगो लाग्ने सम्भावना

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले  पुस २३ का लागि तय भएको नेकपाको केन्द्रीय कमिटी बैठक र सभामुख चयनका बारेमा छलफल गर्ने मुख्य एजेण्डा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सत्तारुढ नेकपाले सभामुखका विषयमा टुंगो लगाउन नसक्दा संसद बैठक सरेको सर्‍यै छ । त्यस्तै नेकपाले केन्द्रीय कमिटी पनि सार्ने बुझिएको छ । सभामुख कृष्णबहादुर महरा यौन काण्डमा जेलमा परेपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखविहीन छ ।

सभामुखमा उपसभामुख शिवमाया तुम्बाहङ्फेले दाबी गर्दै आएकी छन् भने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कसलाई समामुख बनाउने भन्ने बारेमा निर्णय भएको छैन् ।  दुबै अध्यक्षले आफ्ना पक्षका नेतालाई सभामुख बनाउनु पर्ने अडान राख्दै आएका छन् । ओली पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने प्रचण्ड अग्प्रिसाद सापकोटालाई अध्यक्ष बनाउने पक्षमा देखिएका छन् ।   

नेकपा सचिवालय बैठक नेकपा नेपाल कम्युनिस्ट पार्टी

विशेष