चार दिने टेष्टप्रति विराट कोहली असहत

काठमाडौंः टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) तयारीप्रति भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले असन्तुष्टि जनाएका छन् ।
विराटले श्रीलंका विरुद्धको टी–२० सिरिज खेल्नुअघि आइसीसीको तयारप्रति भनेका छन्, ‘चार दिने टेष्ट? म यसको समर्थक हैन । मलाई लाग्छ यो ठिक हुँदैन । किनकी तपाई तीन दिनको टेष्टको कुरा गर्नु हुनेछ । त्यसपछि तपाई टेष्ट क्रिकेट हराउने कुरा गर्नु हुनेछ । म यसलाई समर्थन गर्दिन ।’
आईसीसीले टेष्टलाई ४ दिनमा झार्ने तयारीसहित सदस्य राष्ट्रको बोर्डसँग छलफल गरिरहेको छ । हाल चार दिनमा नतिजा नआएको टेष्ट पाँचौं दिनसम्म हुने गर्छ ।
टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्ने भएको कारण टेष्ट क्रिकेटलाई ४ दिनमा सिमित गर्न लागिएको हो । सन् २०२३ अर्थात विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ ।
टेष्ट क्रिकेट विराट कोहली