नेकपा सचिवालय बैठकः आज पनि लागेन सभामुखको टुंगो

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गरिएको बताइएको छ । एक सचिवालय सदस्यका अनुसार आइतबारको बैठकमा सभामुखको उम्मेदवार टुंगो लगाउन भनिए पनि यसबारे कुनै छलफल भएन ।
तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन । नेकपाको केन्द्रीय समिति ४४१ सदस्यीय छ ।
नेकपा सचिवालय बैठक नेपाल कम्युनिस्ट पार्टी