खेल

एमएम कपः १५ वर्षीय कुशल मल्लले बनाए शानदार शतक

एमएम कपः १५ वर्षीय कुशल मल्लले बनाए शानदार शतक

काठमाडौंः मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता (एमएम कप) मा अलराउन्डर कुशल मल्लले एपीएफविरुद्ध शानदार शतक बनाएका छन् ।

उनले ५४ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा शतक बनाएका हुन् । कुशल एमएम कप नेपाल आर्मीको टिमबाट खेलिरहेका छन् ।

कप अन्तर्गत आइतबार नेपाल आर्मीले टस जितेर व्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म आर्मीले ३२ ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । क्रिजमा मल्ल (१०७) र रोहित पौडेल (५) छन् ।

मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट कुशल मल्ल

विशेष