बीबीएलः सन्दीपका टिमका स्टार क्रिकेटरलाई कारवाही

काठमाडौंः बिग बास लिग (बीबीएल) को फ्रेन्चाइज टोली मेलबर्न स्टार्सका अलराउन्डर मार्कस स्टोइनिसलाई कारवाही गरिएको छ । खेलाडीलाई दुर्व्यबहार गरेको आरोपमा उनलाई कारवाही गरिएको हो ।
शनिबार भएको खेलमा मेलबर्न रेनेगेड्सका खेलाडी केन रिचार्ड्सनलाई दुर्व्यवहार गरेको आरोपमा अस्ट्रेलियन क्रिकेट बोर्डले स्टोइनिसलाई ७ हजार ५ सय अमेरिकी डलर जरिवानाको सजाय सुनाएको छ । स्टोइनिसलाई व्यक्तिगत दुर्व्यबहारको लेभल २ क्रिकेट अस्ट्रेलियाको ‘कोड अफ कन्डक्ट’ अनुसार कारवाही गरिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
मेलबर्न रेनेगेड्सविरुद्ध स्टोइनिसले अविजित ६८ रन बनाएका थियो । उनी जारी लिगमा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । बोर्डले कारवाही गरेपछि स्टोइनिसले आफ्नो गल्ति स्वीकारेका छन् ।
बिग बास लिग मार्कस स्टोइनिस बीबीएल मेलबर्न स्टार्स