मुख्य समाचार

नेकपा प्रवक्ता श्रेष्ठले दर्ता गराए उम्मेदवारी

नेकपा प्रवक्ता श्रेष्ठले दर्ता गराए उम्मेदवारी

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृत कार्यालय कास्की, पोखरा पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र समर्थक दिलमाया रोका छन् । यस्तै, नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् । माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ राष्ट्रियसभा सदस्य निर्वाचन

विशेष