खेल

आइपीएल २०२०ः चेन्नई सुपर किंग्सको बेस्ट प्लेइङ ११

आइपीएल २०२०ः चेन्नई सुपर किंग्सको बेस्ट प्लेइङ ११

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स (सिएसके) सर्बाधिक सफल टिम मध्येकाे एक हो । उसले १२ औँ संस्करणसम्म आइपुग्दा ३ पटक उपाधि जित्न सफल भएको छ । चेन्नई टिमको नेतृत्व भारतीय क्रिकेट टिमका अनुवभी एवं चर्चित विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले गर्दै आएका छन् । उनकै कप्तानीमा चेन्नईले हरेक सिजनमा शानदार प्रदर्शन गर्दै आएको छ ।

आगामी सिजनमा पनि चेन्नईले उत्कृष्ट प्रदर्शन गर्नका लागि तयारी सुरु गरिसकेको छ । चेन्नई गत संस्करण आइपीएलमा मुम्बई इन्डियन्सविरुद्ध झिनो रन अन्तरले पराजित हुन पुगेको थियो ।

योपटक पनि चेन्नईले टिममा खासै खेलाडी परिवर्तन गरेको छैन । उसले आइपीएल २०२० का लागि स्पिनर पियूष चावला, साम करन, जोस हेजलउड, आर किशोरलाई ‘अक्सन’बाट खरिद गरेको छ । धेरै खेलाडी परिवर्तन नगरेको सिएसकेको टिम योपटक पनि सन्तुलित देखिन्छ । भारत सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइपीएल २०२० का लागि सिएसकेको ‘बेस्ट प्लेइङ ११’ यस्तो हुनसक्छ– 

शेन वाट्सन, फाफ डुप्लेसिस, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी, केदार जाधव, रवीन्द्र जडेजा, डिजे ब्रावो, दीपक चाहर, लुंगि एन्गीडी र पियूष चावाला । 

सिएसकेसँग अरभजन सिंह, मिचेल सान्टनर, इमरान ताहिर, सार्दुल ठाकुर, साम करन, जोस हेजलउड लयाग स्टार क्रिकेटर पनि छन् । 

इन्डियन प्रिमियर लिग आइपीएल चेन्नई सुपर किंग्स सिएसके

विशेष