स्वास्थ्य

के तपाई पनि अँध्यारोमा मोबाइल प्रयोग गर्नुहुन्छ ? आँखाको ज्योति जान सक्छ

के तपाई पनि अँध्यारोमा मोबाइल प्रयोग गर्नुहुन्छ ? आँखाको ज्योति जान सक्छ

आजकल टेलिभिजन हाम्रो जीवनको अपरिहार्य नै बनेको छ।  आधुनिकताले हामी यति धेरै अल्छी पनि भएका छौं कि किताब पढ्न छोडेर टिभीबाटै सबै ज्ञान हासिल गर्ने भरोसा जो राख्न थालेका छौं। टिभी स्क्रिनमा देखिने निलो रंग हाम्रो आँखाका लागि अति नै घातक छ। 

त्यो भन्दा पनि बढी मोबाइलको लाइट हाम्रो आँखाका लागि अति नै हानिकारक छ। मोबाइल पनि हाम्रो जीवनको हिस्सा बन्न पुगेको छ। टिभीको पहुँच केवल कोठासम्म पुगेको थियो उसो त मोबाइल फोन अब हरेकको बेडमा पुगेको छ। धेरै समयसम्म अँध्यारोमा मोबाइल हेर्नाले 'आई स्ट्रोक' हुने सम्भावना रहन्छ। अँध्यारोमा मोबाइल हेर्ने आदतले ठुलालाई मात्र बच्चाहरुलाई पनि गम्भीर असर पुर्याउछ। यसले बच्चाहरुमा आइ स्ट्रोक हुनका साथै आँखा टेड़ो हुन सक्ने पनि एक रिपोर्टमा देखिएको छ। मोबाइलकै कारण मानिसको आँखाको ज्योति जाने गरेको समेत रिपोर्टमा उल्लेख छ।  

आई स्ट्रोकका लक्षणहरु 

आँखाको दृश्य क्षमता कम हुनु वा देख्दै नदेख्नु

मोबाइल फोन, ट्याब, ल्यापटप लगायतका सामग्रीले गर्दा कतिपय बच्चाहरुको आँखामा गम्भीर असर देखा परेको छ 

नजिकको बस्तु लगातार हेरिरहँदा टाढाको बस्तु देख्न गाह्रो हुन्छ

आँखाको रुखोपनका कारण चस्माको पावर बढाउन पर्ने स्थिति समेत देखा पर्छ

 

मोबाइल फोन

विशेष