खेल

न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिज अष्ट्रेलियाद्वारा ‘क्लिन स्विप’

न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिज अष्ट्रेलियाद्वारा ‘क्लिन स्विप’

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिज अष्ट्रेलियाले ३–०ले जितेको छ । टेष्ट सिरिजको अन्तिम खेलमा पाहुना टोली न्यूजिल्याण्डलाई २ सय ७९ रनले हराउँदै अष्ट्रेलियाले ३–० ले सिरिज जितेको हो । लक्ष्य पछ्याउने क्रममा न्यूजिल्याण्डका कोलिन डी ग्राण्डहोमले सर्बाधिक ५२ रन बनाए । बलिङमा अष्ट्रेलियाका नाथन लायनले ५, मिचेल स्टार्कले ३ र प्याट कमिन्सले एक विकेट लिए ।  

सिड्नीमा टेष्टको चौंथो दिन आज दोस्रो इनिङ्समा २ विकेटको क्षतिमा २ सय १७ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेर अष्ट्रेलियाले न्यूजिल्यान्डलाई ४ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतक बनाए । उनले १५९ बलमा ९ चौका प्रहार गर्दै अविजित रहँदै १ सय ११ रन बनाए । टेष्टमा वार्नरको यो २३ औँ शतक हो । यस्तै मार्नस लाबुसानेले ५९ र जोइ बुर्न्सले ४० रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका म्याट हेन्री र टोड एस्टलले एक–एक विकेट लिए ।

यसअघि अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ५४ रन बनाएको थियो । पहिलो इनिङ्समा मार्नुसले २ सय १५ रनको दोहोरो शतक बनाए । यस्तै स्टेभेन स्मिथ ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए भने डेभिड वार्नर पनि ४५ रनमा पेभेलियन फर्किए । जोई बर्न्सले १८ रन बनाए । कप्तान टिम पेनले ३५ रन जोड्दा मिचेल स्टार्क र म्याथ्यू वेडले २२–२२ रन बनाए । 
 

न्यूजिल्याण्डविरुद्ध अष्ट्रेलिया टेष्ट क्रिकेट सिरिज क्लिन स्विप

विशेष