एमएम कपः एमसीसीले पायो २०५ रनको लक्ष्य, सुमितको उत्कृष्ट ब्याटिङ

काठमाडौंः सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ)ले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) इनरुवालाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको एपीएफले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गरे । उनले १ सय ७ बलमा ७ चौका हिर्काउँदै ८३ रन बनाए । यस्तै शंकरन रानाले ३६, प्रदीप ऐरीले १९, सन्दीप जोरा र कप्तान बसन्त रेग्मीले १२–१२ रनको योगदान दिए ।
अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनान सकेनन् । बलिङमा एमसीसीका सरजो बस्नेतले ४, भुपाल लुइँटेल, सोनु मन्डल र अफ्जल मनसरीले २–२ विकेट लिए । (फाइल तस्बिर)
एमएमसीसीविरुद्ध एपीएफ सुमित महर्जन मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट