खेल

भारत–श्रीलंकाबीचको दोस्रो खेल आज, वर्षाको सम्भावना कति?

भारत–श्रीलंकाबीचको दोस्रो खेल आज, वर्षाको सम्भावना कति?

काठमाडौंः भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट सिरिजको दोस्रो खेल आज हुँदैछ । सिरिजको दोस्रो म्याच आज साँझ ७ः१५ बजेदेखि इन्दोरमा सुरु हुनेछ । भारत–श्रीलंकाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । आजको खेलको समयमा भने वर्षाको सम्भावना कम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आजको खेल सिरिज जित्नका लागि दुवै टिमका लागि निकै महत्वपूर्ण छ । भारत–श्रीलंकाका बीचको खेल हेर्नका लागि इन्दोरमा दर्शकको संख्या अत्यधिक हुने गर्छ । आजको खेलका लागि टिकट सबै बिक्री भइसकेको सञ्चारमाध्यमले जनाएका छन् ।  

भारतको सम्भावित प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, वाशिङटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी।

श्रीलंकाको सम्भावित प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), एन्जेलो म्याथ्यूज, इसुरु उडाना, भानुका राजापक्ष, ओशादा फर्नान्डो, वानिन्दु हसरङ्गा र लाहिरू कुमारा ।

टी–२० क्रिकेट सिरिज भारतविरुद्ध श्रीलंका

विशेष