खेल

बीबीएलः मेलबर्नद्वारा सातौं म्याचका लागि टिम घोषणा, सन्दीपले पाए मौका?

बीबीएलः मेलबर्नद्वारा सातौं म्याचका लागि टिम घोषणा, सन्दीपले पाए मौका?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी थन्डर विरुद्धको खेलमा लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्नले भोलि (बुधबार) हुने खेलका लागि आज १३ सदस्यीय टोली घोषणा गरेको हो ।

सन्दीपले सातौं म्याचमा पनि टिममा मौका पाएका छन् । थन्डर विरुद्धको म्याचमा फास्ट बलर डेल स्टेन र ब्याट्स्म्यान जोनो मोर्लोलाई विश्राम दिइएको छ । उनीहरुको स्थानमा हरिस रौफ र हिल्टन कार्टराइटलाई टिममा समावेश गराइएकाे छ । मेलबर्न र सिड्नीबीचको खेल बुधबार दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा मेलबर्न ६ म्याचमा ५ मा जित हासिल गर्दै १० अंकका तालिकाको शीर्ष स्थानमा छ । यो सिजनमा सन्दीपले ५ म्याच खेल्दा ६ विकेट लिएका छन् । उनले आफ्नो पाँचौ खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध ४ ओभरमा ३ विकेट लिँदै २६ रन दिएका थिए । जारी बीबीएलमा सन्दीपको यो उत्कृष्ट बलिङ हो ।

सिड्नी थन्डरविरुद्ध मेलबर्नले घोषणा गरेको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर–नाइल, बेन डन्क, पीटर ह्यान्सकम्ब, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, हिल्टन कार्टराइट, हरिस रौफ, निक म्याडिन्सन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा । 

बिग बास लिग सिड्नी थन्डरविरुद्ध मेलबर्न स्टार्स सन्दीप लामिछाने

विशेष