भलिबल नै नेपालको राष्ट्रिय खेल

काठमाडौंः संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद विकास विधेयकबारे छलफल गर्दै समितिले भलिबललाई नै राष्ट्रिय खेल बनाउने निर्णय गरेको समिति सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए।
राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभा हुँदै थप छलफलका लागि समितिमा पठाइएको थियो । सो विधेयक पुनः राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा जानेछ। प्रतिनिधि सभाले पास गरेपछि त्यसले ऐनको रुप लिनेछ ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७४ साल जेठ ८ गतेको मन्त्रिपरिषद् बैठकले भलिबलाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । त्यहीबेलादेखि नेपाल भलिबल संघले जेठ ८ लाई भलिबल दिवसका रुपमा मनाउँदै आएको छ ।
भलिबल राष्ट्रिय खेल