स्वास्थ्य

ब्लड क्यान्सर के हो ? कसरी बच्ने

ब्लड क्यान्सर के हो ? कसरी बच्ने

ब्लड क्यान्सर  प्राणघातक रोग हो। यसको समयमै उपचार गर्न नसकेमा ज्यानैसमेत जान सक्छ। रगतमा  विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो । 

बढ्दो उमेर, धुम्रपान, अनुवांशिक, किमोथेरापी तथा एड्सजस्ता कारणले ब्लड क्यान्सर हुने समस्या देखिन्छ। जसका कारण मानिसको शरीरमा धेरै प्रकारका समस्या उत्पन्न हुने गर्दछ । यदि समयमै ब्लड क्यान्सरका संकेत पहिचान गरी उपचार गर्न सकियो भने यसको खतरालाई कम गर्न सकिन्छ ।

कस्ता व्यक्तिलाई हुन्छ ब्लड क्यान्सर ?

उमेर अनुसार फरक–फरक ब्लड क्यान्सर हुन्छ । बच्चाहरूमा 'एएलएल' ब्लड क्यान्सर हुन्छ । त्यसको पूरा रूप 'एक्युट लुक्यिमिया प्लास्टिक लिथोमिया' हो । युवा–युवतीमा सिएलएल ब्लड क्यान्सर अर्थात् क्रोनिक लुक्यमिया हुने गर्दछ । त्यसैगरी, बुढाबुढी भएका मानिरुलाई लिम्फोमा, क्रोनिक लुक्यिमिया, मल्टिपल मायलोमा हुने गर्दछ ।

ब्लड क्यान्सर हुने प्रमुख कारण

अस्वस्थ खानपान ।

अत्यधिक मात्रामा मध्यपान र धुम्रपान ।

हेपाटाइटिस बी, सी र एचआइभीको संक्रमण ।

लक्षणहरू

रक्तअल्पता हुने ।

लामो समयसम्म शरीरका हाडर्जोनी दुखिरहने ।

बढी थकाइ लाग्ने ।

शरीरका विभिन्न भागमा नीलडाम देखिने ।

लगातार रूपमा छाला चिलाइरहने ।

तीव्र गतिमा तौल घट्ने ।

स्वास फेर्न गाह्रो हुने ।

कुनै रोग लागेको औषधि सेवन गर्दा पनि लामो समयसम्म ठीक नहुने ।

बच्ने उपाय :

विशेषगरी खानपानमा ध्यान दिने 

स्वास्थ्यबद्र्धक खानेकुरा खाने तथा स्वस्थकर जीवनशैली अपनाउने ।

शरीरलाई चलायमान राख्ने ।

धुम्रपान र मध्यपान गर्दै नगर्ने ।

समयमै चिकित्सकको परामर्श लिने 

#ब्लड क्यान्सर

विशेष