खेल

एमएम कपः ‘ह्याट्रिक’सहित सुशन एक्लैले लिए ६ विकेट!

एमएम कपः ‘ह्याट्रिक’सहित सुशन एक्लैले लिए ६ विकेट!

काठमाडौंः सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका बलर सुशन भारीले ‘ह्याट्रिक विकेट’ लिएका छन् । उनले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाविरुद्ध ‘ह्याट्रिक विकेट’ हुन् ।

सुशनले सरोज बस्नेत, रोकश सोनी र अल्फाज मंसुरीलाई आउट गर्दै ‘ह्याट्रिक विकेट’ पूरा गरे । उनले आफ्नो चौथो विकेटमा ‘ह्याट्रिक’सहित ४ विकेट लिन सफल भए ।

भारीले आज घातक बलिङ गरेका छन् । उनले ७ ओभर बलिङ गर्दा १५ रन दिएर ६ विकेट लिएका छन् । आजको खेलमा इनरुवाले टस जितेर ब्याटिङ गरिरहेको छ । उसले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको छ ।

एकदिवसीय राष्ट्रिय क्रिकेट ‘ह्याट्रिक विकेट सुशन भारी एमएम कप

विशेष