खेल

एमएम कपः एमएमसीसीविरुद्ध शुसन एक्लैले लिए ७ विकेट

एमएम कपः एमएमसीसीविरुद्ध शुसन एक्लैले लिए ७ विकेट

काठमाडौंः सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक इनरुवाले नेपाल आर्मी क्लबलाई ५७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको इनरुवाले १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनायो ।

उसका लागि सुशान्त तिमिल्सिनाले १५ र सोनु मन्डलले १३ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा आर्मीका सुशन भारीले घातक बलिङ गरे । उनले ह्याट्रिकसहित ८.३ ओभरमा १६ रन दिएर ७ विकेट लिए ।

सुशनले सरोज बस्नेत, रोकश सोनी र अल्फाज मंसुरीलाई आउट गर्दै ‘ह्याट्रिक विकेट’ पूरा गरेका थिए । यस्तै हरि चौहानले २ र शाहव आलमले १ विकेट हात पारे । (तस्बिरः विकेट नेपाल)

एमएम कप सुशन भारी नेपाल आर्मी क्लबविरुद्ध एमसीसी

विशेष