खेल

एमएम कपः इनरुवाविरुद्ध आर्मी १० विकेटले विजयी

एमएम कपः इनरुवाविरुद्ध आर्मी १० विकेटले विजयी

काठमाडौंः सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक इनरुवाविरुद्ध नेपाल आर्मी क्लब १० विकेटले विजयी भएको छ । इनरुवाले दिएको ५७ रनको सामान्य लक्ष्य आर्मीले ५ ओभरमा बिनाविकेट पूरा गर्‍याे ।

उसका लागि कुशल मल्लले १९ बलमा २ छक्का र ५ चौका हिर्काउँदै अविजित ३५ रन बनाए । यस्तै  हरिकृष्ण झा २० रनमा नटआउट रहे । यसअघि टस जितेर ब्याटिङ गरेको इनरुवाले १९.३ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनायो ।

उसका लागि सुशान्त तिमिल्सिनाले १५ र सोनु मन्डलले १३ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा आर्मीका सुशन भारीले घातक बलिङ गरे । उनले ह्याट्रिकसहित ८.३ ओभरमा १६ रन दिएर ७ विकेट लिए ।

सुशनले सरोज बस्नेत, रोकश सोनी र अल्फाज मंसुरीलाई आउट गर्दै ‘ह्याट्रिक विकेट’ पूरा गरेका थिए । यस्तै हरि चौहानले २ र शाहव आलमले १ विकेट हात पारे । (तस्बिरः विकेट नेपाल)

एमएम कप इनरुवाविरुद्ध नेपाल आर्मी क्लब नेपाल आर्मी क्लब

विशेष