अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराई नेतृत्वको भ्रमण वर्षको र्याली गर्न रोक

काठमाडौंः अनुमति नलिएको भन्दै अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को र्याली निकाल्न त्यहाँको प्रहरीले रोक लगाएको छ । साथै उक्त र्याली व्यावसायिक लाभका लागि भएको, र्यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने त्यहाँको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ ।
र्यालीमा सहभागी हुनका लागि पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, गैरआवासीय नेपाली संघका पदाधिकारी पुगेका थिए । उनीहरूले र्याली निकाल्ने तयारी गरेका बेला प्रहरीले रोकेको बताइएको छ ।
अष्ट्रेलिया र्याली योगेश भट्टराई नेपाल भ्रमण वर्ष