अष्ट्रेलिया प्रकरणः मन्त्री भट्टराईले भने, ‘समाचार गलत, नियत गम्भीर छ’

काठमाडौंः अनुमति नलिएको भन्दै अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० र्को र्याली निकाल्न त्यहाँको प्रहरीले रोक लगाएको भन्ने समाचारप्रति पर्यटनमन्त्री योगेश भट्टराईले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पर्यटनमन्त्री भट्टराईले काल्पनिक र गलत समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले लेखका छन्, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ!’
उनले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रूपमा सम्पन्न भएको दावी गरेका छन् । एनएसडब्लु स्टेटका सभामुखसहित अष्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रम भएको भट्टराईको भनाई छ ।
अनुमति नलिएको, र्याली व्यवसायिक लाभका लागि भएको र र्यालीमा सहभागीको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने भन्दै त्यहाँको न्यू साउथ वेल्स प्रहरीले भ्रमण वर्ष उद्घाटनको र्यालीलाई रोकेको भन्ने समाचार नेपाली सञ्चारमाध्यममा आएका थिए । तर, भट्टराईले भने मौन जुलुसमार्फत पर्यटन बर्षको प्रबर्द्धन गरिएको बताएका छन् ।
यो पनिः अष्ट्रेलियामा पर्यटनमन्त्री भट्टराई नेतृत्वको भ्रमण वर्षको र्याली गर्न रोक
योगेश भट्टराई अष्ट्रेलिया भ्रमण वर्ष २०२०