मनोरञ्जन

ट्रेलरमा यस्तो देखियो 'सेल्फी किङ्ग' (ट्रेलरसहित)

ट्रेलरमा यस्तो देखियो 'सेल्फी किङ्ग' (ट्रेलरसहित)

काठमाडौँ। बिपिन कार्की स्टारर चलचित्र सेल्फी किङ्ग को अफिसियल ट्रेलर रिलिज भएको छ।  चलचित्रमा चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई देखाईएको छ ।  

बिशाल सापकोटाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा निर्माताका रुपमा दिनेश राउत र सुभाष थापा रहेका छन भने  प्रबल कोइराला र राजेश विसुराल यो चलचित्रका सह–निर्माता हुन्।

माघ २४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको सेल्फी किङ्गमा बिपिन कार्कीका अलावा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ। 

चलचित्रमा सुसन प्रजापतिको छायाँङ्कन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ। 

 

 

सेल्फी किङ्ग ट्रेलर

विशेष