मुख्य समाचार

हिमपात र वर्षा जारी, यस्तो छ आगामी तीन दिनको मौसम

हिमपात र वर्षा जारी, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौंः बिहीबार बिहान पनि देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात जारी छ । पश्चिमी वायुका कारण बुधबार बिहानदेखि सुरु भएको वर्षा र हिमपात अझै जारी रहेको हो ।

अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीकाले जानकारी दिइन् । यस्तै पश्चिमका केही स्थान र पूर्वका थोरै ठाउँमा अहिले पानी परिरहेको छ ।

मंगलबारदेखि सक्रिय पश्चिमी वायुको प्रभाव त्यही दिनदेखि पश्चिमी क्षेत्रमा सुरु भएको थियो भने बुधबार बिहानदेखि देशभर मौसम बदली भई विभिन्न स्थानमा वर्षा तथा हिमपात सुरु भइरहेको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २४ गते बिहीबार

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक–दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

पुस २५ गते शुक्रबार

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस २६ गते शनिबार

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

हिमपात मौसम वर्षा

विशेष