प्रवास

अमेरिका पुगेका नेपालीले किन रोज्छन् आत्महत्याकाे बाटाे?

अमेरिका पुगेका नेपालीले किन रोज्छन् आत्महत्याकाे बाटाे?

अमेरिकाः सपनाको देश अमेरिकामा सबैको सपना पूरा हुन सम्भव छैन । जो सपनाको भारी बोकेर आउँछन्, त्यही भारीले थिचिएर मानसिक तनावमा पुग्छन् र आत्महत्याको बाटो रोज्छन् ।

यकिन आँकडा भेटिन्न । तर, सार्वजनिक भएका घटनाहरु हेर्ने हो भने अमेरिका आएर आत्महत्या गर्ने नेपालीको संख्या झण्डै एक दर्जन हाराहारी पुगिसक्यो । यसमा विद्यार्थीको संख्या धरै रहेको छ । दुई वर्षयता सानफ्रान्सिस्को बे एरियामा मात्र पाँच जना नेपालीले आत्महत्या गरिसकेका छन् ।

अमेरिकामा आत्महत्या गर्ने अधिकांश झुन्डिने गरेका छन् । कोही समुन्द्रमा हाम फाल्छन् भने कोही अग्लो अपार्टमेन्टबाट हामफाल्ने गरेका छन् ।

आत्महत्या गर्नेमा विद्यार्थी मात्र नभएर अमेरिकामा नै कानुनी रुपमा बसोबास गरिरहेकादेखि सम्पन्न जीवनको कल्पना गर्दै पैसा तिरेर अमेरिका प्रवेश गर्नेहरु पनि छन् ।

अमेरिकामा हुने अधिकांश आत्महत्याको कारण एक्लोपना देखिए पनि नेपालीको हकमा भने आर्थिक समस्या मुख्य देखिएको छ । आत्महत्या गर्ने अधिकांश मानव तस्करको सहयोगमा स्थलमार्ग हुँदै अमेरिका पुगेकाहरु देखिन्छन् ।

ज्यानै जोखिममा पारेर लामो दुरी पार गरेर आउनेहरु ऋणको भारी बोकेर आइपुगेका हुन्छन् ।बाटोमै उनीहरु मानसिक रुपमा विक्षिप्त भइसकेका हुन्छन् । अवैद्य रुपमा अमेरिका प्रवेश गरेसँगै कानुनी झन्झट सुरु हुन्छ ।

एकातिर ऋण र व्याजको भारी, अनिश्चित भविष्य अनि कमजोर मानसिक अवस्थाका कारण उनीहरुले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ । यो खबर बिहीबार प्रकाशित हुने शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

अमेरिका आत्महत्या

विशेष