Technology

नासाका वैज्ञानिकले पत्ता लगाए दोस्रो पृथ्वी, जहाँ जीवन सम्भव छ

नासाका वैज्ञानिकले पत्ता लगाए दोस्रो पृथ्वी, जहाँ जीवन सम्भव छ

एजेन्सी। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का बैज्ञानिकहरुले पृथ्वीजस्तै बस्न मिल्ने ग्रह पत्ता लगाएका छन। विशेषगरी यसको सतही भागमा तरल पदार्थ पनि रहेको पाइएको छ। नासाले अमेरिकी एस्ट्रोनोमिकल सोसाइटीको २३५ औँ बैठकमा यस कुराको खुलासा गरेको हो  । यो ग्रह सौर्यमण्डलको नजिकै रहेको र करिब १०० प्रकाश बर्षको दुरीमा रहेको नासाले जनाएको छ। 

आउनुहोस् जानौं यस ग्रहको बारेमा 

नासाको ट्रान्जिटिंग एक्सोप्लानेट सर्वे स्याटेलाईट (TESS) र स्पिट्जर स्पेस टेलीस्कोप (SST) ले यस ग्रह पत्ता लगाएका हुन्। नासाका बैज्ञानिकले यस ग्रहको नाम 'TOI 70D' दिएको छ। यसले सुर्यलाई परिक्रमा गर्छ। उसो त 'TOI 70D' को तौल सुर्यको तुलनामा आधा कम छ। र यसको तापक्रम पनि ४० प्रतिशत कम रहेको छ। 

'TOI 700' यानी सूर्यलाई चारौंतर्फ तिन ग्रहहरुले परिक्रमा गरिरहेको छ। जसमा २ ग्रह सुर्य 'TOI 700' भन्दा धेरै टाढा छ, भने 'TOI 70D' यति नजिक छ जहाँ जीवन सम्भव छ। अन्य दुई ग्रहमा एउटामा पत्थर र अर्कोमा ग्यास भरिएको छ। 

नासाका बैज्ञानिकका अनुसार यो ग्रह डोराडो स्वार्डफिस नक्षत्रमा अवस्थित छ। जुन आकाशगंगाको दक्षिणतर्फ रहेको छ। वैज्ञानिकहरुले TOI 700D को वातावरण, सतहको तापमान र बनावटको मोडल तयार गरेका छन। तर यो ग्रह केले बनेको हो भन्ने कुरा भने अझै पत्ता लाग्न सकेको छैन।

TOI 700D ग्रह हाम्रो पृथ्वी भन्दा २० गुणा ठुलो छ। यसले सूर्य अर्थात् TOI 700 लाई ३७ दिनमा परिक्रमा गर्दछ। पृथ्वीबाट यस ग्रहमा पुग्न ३७.३० लाख वर्ष लाग्ने अनुमान गरिएको छ।

 

 

विशेष