उदयपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु

उदयपुरः उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे१ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा जीपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जीप चालकसहित चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।