मुख्य समाचार

सल्यानमा गाडी दुर्घटनाः १८ घाइते, पाँच जनाको अवस्था गम्भीर

सल्यानमा गाडी दुर्घटनाः १८ घाइते, पाँच जनाको अवस्था गम्भीर

सल्यानः सल्यानमा गाडी दुर्घटना हुँदा १८ घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको हो ।

बिहीबार बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका–११ को बालुवा संग्रही नजिक गाडी दुर्घटनामा परेको हो ।

गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरीगंगा न।पा छिन्चुका वर्ष ३५ प्रकाश शर्मा, सुर्खेत भेरीगंगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शसस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिरेन्द्रनगर न.पा १२ का वर्ष ३० होम पङ्गाली, सल्यान बनगाड कुपिण्डे न.पा १का १३ वर्षिय अनिश बिश्वकर्मा, जाजरकोट छेडागाड न.पा ९ का २१ वर्षिया भगवती उपाध्यक्ष रहेका छन् ।

अन्य घाइते हुनेमा सह चालक जाजरकोट छेडागाड न.पा १ का २१ वर्षिय गोपाल वड, जाजरकोट सल्माका ४० वर्षिय पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का ४५ वर्षिय वडा सदस्य भिम बहादुर बुढाथोकी, सल्यान शारदा नगरपालिका–१ श्रीनगरका ५१ वर्षिय भुमबहादुर बुढाथोकी , सल्यान शारदा न.पा श्रीनगरका वर्ष ५१ वर्षिया गौतम बुढाथोकी रहेका छन् ।

यस्तै ज्वालादल गण बेशक्याम्प लमजुङकमा कार्यरत २६ वर्षिय पुर्णबहादुर सुनार, काठमाडौंका अन्दाजी ६२ वर्षिय रजनी श्रेष्ठ, काठमाडौंकै ६२ वषिर्या अनिशा मानन्धर, सल्यान बनगाड कुपिण्डे नपा १ का १५ वर्षिय सन्देश पुन, बनगाड कुपिण्डे नपा १ वर्ष ४० वर्षिय गगा बिश्वकर्मा, जाजरकोट कुसे गाउँपालिका ५ का २५ वर्षिय दल बहादुर रोका, रसुवाकी २९ वर्षिया मालती आचार्य, रुकुम चौरजहारी न.पा ४ वर्ष ३१ को बिजय दर्लामी रहेका छन् ।

घाइते सबैलाई उपचारको लागि नेपालगन्ज उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । गाडीमा ६ महिला २ बच्चा र १० जना पुरुष रहेका थिए । गाडी तिव्रगतीमा गुडाउँदा ओरालोमा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान छ ।

सल्यान गाडी दुर्घटना

विशेष