प्रवास

सवारी दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु

सवारी दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु

मलेसियाः मलेसियामा बिहीबार भएको सवारी दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ । बिहान करिब साढे ५ बजे कम्पनीमा खाना पुर्‍याएर फर्किने क्रममा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिँदा गाडीमा सवार काठमाडौंंका राजु श्रेष्ठ र सुर्खेतका रमेश पोख्रेलको ज्यान गएको हो ।

मृतक श्रेष्ठ मलेसियाको निलाई स्थित गौरी शंकर रेस्टुरेन्टका सञ्चालक हुन् । मृतकहरूको शव पुत्राजया स्थित अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ ।

सवारी दुर्घटना नेपाली मलेसिया

विशेष