मुख्य समाचार

काभ्रेमा स्काभेटर दुर्घटनाः दुईको मृत्यु, एकजना गम्भीर घाइते

काभ्रेमा स्काभेटर दुर्घटनाः दुईको मृत्यु, एकजना गम्भीर घाइते

काठमाडौंः काभ्रेको पनौती नगरपालिका–११ थुम्कीको भित्री सडकमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरले पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना परेको थियो । सडक निर्माणको क्रममै स्काभेटर तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए । 

सो दुर्घटनामा परेर स्काभेटरमा बसेका पनौती–११ का १६ बर्षिया राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भएर दिदीको घरमा आएका १५ बर्षिया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि स्काभेटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ का २७ बर्षिय जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भइरहेको छ । 

 

काभ्रे स्काभेटर दुर्घटना

विशेष